CDCC पाईलट योजनाको परिचय

नेपालीमा उपलब्ध जानकारी

स्वास्थ्य ब्यूरोको गृहपृष्ठको अल्पसंख्यक जातीय भाषा संस्करणमा चयन गरिएका आवश्यक जानकारी मात्र समावेश छन् । तपाईले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ भाषामा हेर्न सक्नुहुन्छ ।

योजनाको उद्देश्यहरूLogo of CDCC Scheme

  • मधुमेह (DM) र उच्च रक्तचाप (HT) को लागि सुविधाजनक स्क्रिनिंग सेवाहरू प्रदान गर्न ।
  • योजनाका सहभागीहरुलाई दीर्घकालीन रोगहरूको जोखिम कारकहरू नियन्त्रण गर्न अनुकूल स्वास्थ्य व्यवस्थापन योजना प्रदान गर्न ।
  • प्रारम्भिक चरणमा दीर्घकालीन रोगहरू निवारण गरी सम्बन्धित जटिलताहरू न्यून गर्न
  • "सबैका लागि पारिवारिक डाक्टर" भन्ने लक्ष्य बारे बुझाउन

योजना विषयसूची

स्क्रिनिङ (परीक्षण )सेवाहरू
  • पारिवारिक डाक्टरले जाँच गर्नेछन् र स्क्रिनिङको लागि अनुसन्धानको व्यवस्था मिलाउनेछ ।
  • पारिवारिक डाक्टरले तोकिएको चिकित्सा प्रयोगशालामा रगत परीक्षण(हरू) को व्यवस्था मिलाउनेछ ।
  • पारिवारिक डाक्टरले परीक्षण रिपोर्ट र निदानको वर्णन गर्नेछन्, र उपयुक्त स्वास्थ्य व्यवस्थापन योजना तयार गर्नेछन् ।
स्वास्थ्य व्यवस्थापन योजना
  • • पारिवारिक डाक्टरले HT र/वा DM निदान गरिएका योजना अन्तर्गतका सहभागीहरूलाई वार्षिक, बढीमा छ वटा अनुदानित परामर्श सेवा उपलब्ध गराउनेछन्, जबकि प्रि-डायबिटिज भएकाहरूलाई आवश्यक औषधिहरू सहित वार्षिक रूपमा बढीमा चारवटा अनुदानित परामर्श सेवा प्रदान गरिनेछ ।
  • • पारिवारिक डाक्टरले आवश्यक भएमा प्रयोगशाला जाँच र परीक्षणहरू व्यवस्था गर्नेछ ।
  • • पारिवारिक डाक्टरको सिफारिस र योजनाका सहभागीको अवस्था अनुसार DHC/DHCE ले नर्स क्लिनिक र/वा सम्बद्ध स्वास्थ्य सेवाहरूको व्यवस्था गर्नेछ ।
DHC/DHCE बाट समन्वय र समर्थन
  • स्वास्थ्य व्यवस्थापन योजना अन्तर्गतका सहभागीको अनुगमन र समन्वय गर्ने
  • पारिवारिक डाक्टरको सुझावको आधारमा योजनाका सहभागीसँग मिलेर स्वास्थ्य लक्ष्यहरू तय गर्न
  • योजनाका सहभागीको स्व:-स्वास्थ्य व्यवस्थापन, सशक्तिकरणलाई बढावा दिन र स्वस्थ जीवनशैली निर्माण गर्न मद्दत पुर्याउन ।

हेरचाह सेवाहरू

सबैका लागि पारिवारिक डाक्टर
योजनाका सहभागीले व्यक्तिगत र व्यापक प्राथमिक स्वास्थ्य सेवाहरू प्राप्त गर्न आफ्नो पारिवारिक चिकित्सक छनोट गर्न सक्छन् ।
व्यापक हेरचाह
पारिवारिक डाक्टरले परीक्षण परिणामको आधारमा स्वास्थ्य व्यवस्थापन योजना तयार गर्नेछ र योजनाका सहभागीहरूको चिकित्सा आवश्यकताहरू पूरा गर्न चिकित्सा परामर्श, औषधिहरू साथै प्रयोगशाला अनुसन्धान, नर्स क्लिनिक र सम्बद्ध स्वास्थ्य सेवाहरू प्रदान गर्नेछ ।
निजीकृत केस व्यवस्थापन
DHC/DHCE ले योजनाका सहभागीको स्वास्थ्य व्यवस्थापन योजनाको आधारमा स्वास्थ्य व्यवस्थापन समूह गतिविधिहरू, नर्स क्लिनिक र सम्बद्ध स्वास्थ्य सेवाहरू समन्वय गर्नेछ ।
दक्ष स्वास्थ्यकर्मी टोलीद्वारा एकीकृत हेरचाह
पारिवारिक डाक्टर, नर्सहरू, सम्बद्ध दक्ष स्वास्थ्यकर्मीहरू (अप्टोमेट्रिस्ट/ पोडियाट्रिस्ट/ आहार विशेषज्ञ/ फिजियोथेरापिस्ट) र DHC/DHCE सहितको बहु-विषयक टोलीले योजनाका सहभागीहरूको विभिन्न स्वास्थ्य आवश्यकताहरूलाई समर्थन गर्नेछ ।
eHealth app सर्पोट
योजनाका सहभागीले स्वास्थ्य जानकारी हेर्न, व्यक्तिगत स्वास्थ्य रेकर्ड पहुँच गर्न, साथै रक्तचाप र तौल जस्ता केही स्वास्थ्य मापदण्डहरू रेकर्ड गर्न र आफै निगरानी गर्न eHealth app प्रयोग गर्न सक्छन् ।
सरकारी अनुदान
सरकारले यस योजना अन्तर्गत पारिवारिक चिकित्सकसँग चिकित्सा परामर्श, औषधि, प्रयोगशाला अनुसन्धान, नर्स क्लिनिक र सम्बद्ध स्वास्थ्य सेवाहरूमा आंशिक रूपमा अनुदान दिनेछ । योजनाका सहभागीले सह-भुक्तानी शुल्क मात्र तिर्न आवश्यक छ ।
प्रोत्साहन संयन्त्र
कार्यक्रमको दोस्रो वर्षदेखि, स्वास्थ्य प्रोत्साहन लक्ष्यहरू हासिल गर्ने योजनाका सहभागीहरूले अर्को वर्षको प्रथम अनुदानित परामर्शको सह-भुक्तानी शुल्कमा एक पटकको लागि अधिकतम रकम $150 (अर्थात् सरकारले सिफारिस गरेको सह-भुक्तानी शुल्क) छुट दिइनेछ ।
HA सँग द्वि-दिशात्मक सिफारिस संयन्त्र
अस्पताल प्राधिकरण (HA) को द्वि-दिशात्मक सिफारिस संयन्त्र अन्तर्गत, DHC/DHCE को समन्वयमा पूर्व-परिभाषित मापदण्ड र दिशानिर्देशहरू अनुसार, स्वास्थ्य व्यवस्थापन योजनामा क्लिनिकल सल्लाह लिन परिवारिक डाक्टरले HA द्वारा निर्धारित चिकित्सा विशेषज्ञ बाहिरंग क्लिनिकमा वान-अफ(एक पटकको लागि मात्र) विशेषज्ञ परामर्श सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सक्छ, ताकि योजनाका सहभागीहरुले समुदायमा निरन्तर र समन्वयित प्राथमिक स्वास्थ्य सेवाहरू प्राप्त गर्न सकून् ।

योग्यता

  • हङकङका 45 वर्ष वा सोभन्दा माथिका* बासिन्दाहरू
  • मधुमेह वा उच्च रक्तचापको कुनै चिकित्सा इतिहास थाहा नभएका
  • eHealth मा नामांकन गरिएको र DHC/DHCE सदस्यको रूपमा दर्ता भएका
  • District Health Centre

* (1) व्यक्ति दर्ता अध्यादेश (क्याप.177), मान्य हङकङ परिचयपत्र भएका हङकङमा अवतरण गर्न वा रहन अघिल्लो अनुमतिको आधारमा उनीहरूको हङकङ परिचयपत्र प्राप्त गर्नेहरू बाहेक उनीहरूलाई दिइएको थियो र त्यस्तो अनुमतिको म्याद सकिएको छ वा मान्य हुन बन्द भएको छ, वा (2) अध्यागमन अध्यादेश (क्याप.115 को अर्थ भित्र छुटको मान्य प्रमाणपत्र

eHealth

छुट तथा सह-भुक्तानी

स्क्रिनिङ चरण
  • स्क्रिनिङ परामर्श र सम्बन्धित प्रयोगशाला अनुसन्धान र उपचार जाँचहरू समावेश छन्
  • सरकारले सान्दर्भिक खर्चहरू बेहोर्न एक पटकका लागि $196 निश्चित अनुदान प्रदान गर्नेछ । योजनाका सहभागीले एक पटक सह-भुक्तानी शुल्क $120 मात्र तिर्न आवश्यक हुनेछ ।
उपचार चरण परामर्श
र औषधि
  • सरकारले प्रत्येक अनुदानित परामर्शको लागि $166 आंशिक अनुदान उपलब्ध गराउनेछ, जबकि योजनाका सहभागीले योजनामा दर्ता गर्दा पारिवारिक डाक्टरले निर्धारण गरेको सह-भुक्तानी शुल्क मात्र तिर्नु पर्नेछ । सरकार द्वारा सिफारिश सह-भुक्तानी शुल्क $150 हो ।
  • निर्दिष्ट औषधिहरूको सूची अन्तर्गतको औषधिहरू र/वा एपिसोडिक रोगहरूको लागि 3 दिनसम्मको औषधिहरू प्राप्त गर्दा कुनै अतिरिक्त भुक्तानी गर्नु पर्दैन ।
प्रयोगशाला अनुसन्धान
  • सरकारले प्रत्येक वस्तुको लागि आंशिक अनुदान दिनेछ । योजनाका सहभागीले सह-भुक्तानी शुल्क मात्र तिर्नु पर्नेछ ।
नर्स क्लिनिक र सम्बद्ध स्वास्थ्य सेवाहरू
  • सरकारले प्रत्येक सहुलियतपूर्ण भ्रमणको लागि आंशिक अनुदान उपलब्ध गराउनेछ ।
  • योजनाका सहभागीले सह-भुक्तानी शुल्क मात्र तिर्नु पर्ने हुन्छ ।
नोट:
  1. पारस्परिक सहमतिको हकमा, पारिवारिक डाक्टरले योजनाको सेवा क्षेत्र बाहिरका सेवाहरूको लागि योजनाका सहभागीलाई शुल्क लगाउन सक्छ ।
  2. द्वि-दिशात्मक सिफारिस संयन्त्र अन्तर्गत, HA द्वारा प्रदान गरिएको वान -अफ( एक पटकको लागि मात्र) चिकित्सा विशेषज्ञ परामर्शको प्रत्येक उपस्थितिमा $135 मानकीकृत शुल्क लिईन्छ । यदि औषधि प्रिस्क्रिप्शन आवश्यक भएमा, प्रति निर्धारित औषधिको लागि $15 शुल्क लागू हुनेछ । यो व्यवस्था योजनाको सहभागीहरूमा पर्ने HA कर्मचारी वा योग्य निजामती सेवाका कर्मचारीहरूमा पनि लागू हुन्छ ।
Elderly Health Care Voucher
वृद्ध स्वास्थ्य सेवा भौचर ( परीक्षण पुरस्कार योजना अन्तर्गतको पुरस्कार सहित) योजनामा लागू हुन्छ ।
Medical fee waiver
यस योजनामा चिकित्सा शुल्क छुट लागू हुँदैन (द्वि-दिशात्मक सिफारिस संयन्त्र अन्तर्गत, HA द्वारा प्रदान गरिएको वान-अफ( एक पटकको लागि मात्र) चिकित्सा विशेषज्ञ परामर्श समावेश छ ) ।